कोरोना भाइरस संक्रमित २ हजार नयाँ विरामी थपिए, १६ सय बढीको मृत्यु

संबाददाता

बेइजिङ, ४ फागुन ( एजेन्सी) । चीनको हुवेइ प्रान्तको वुहानबाट फैलिएको कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या आइतबारसम्म एक हजार ६६५ पुगेको छ । चिनियाँ स्वास्थ्य अधिकारीहरुले जनाएका अनुसार पछिल्लो एकै दिन थप १४२ जनाको मृत्यु भएको थियो ।
उनीहरुले कोरोनाको संक्रमण थप दुई हजार ९ जनामा देखिएको जानकारी दिएका छन् । संक्रमितहरु चीनका ३१ वटा प्रान्तका रहेको बताइएको छ । थप मृत्यु भएकामध्ये १३९ जना हुवेइ प्रान्तका रहेका छन् भने सिचुवान प्रान्तका दुई र हुनान प्रान्तका एक जना रहेका छन् । चिनियाँ स्वास्थ्य आयोगका अधिकारीहरुले शनिबार मात्रै थप १९ सय १८ जना नयाँ संक्रमणको आशंका गरिएको छ ।
संक्रमितमध्ये २१९ जना शनिबार थप गम्भीर विरामी भएका छन् भने १३ सय २३ जना स्वास्थ्यमा सुधार आएपछि घर फर्किएका छन् । कोरोना भाइरसबाट संक्रमित हुनेहरुको कुल संख्या अहिलेसम्म ६५ हजार ५०० पुगेको अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुले ११ हजार २७२ जनाको अवस्था सुधार उन्मुख रहेको पनि बताएका छन् । त्यसैगरी ८ हजार २२८ जनामा आशंका गरिएको छ ।
संक्रमित भएर उपचार गराइएका मध्ये अहिलेसम्म ९४ हजार १९ जना उपचारपछि घर फर्किएका छन् । आयोगले ५ लाख २९ हजार ४ सय १८ विरामी नियमित सम्पर्कमा रहेको जनाएको छ । यो भाइरसको संक्रमण सन् २०१९ को डिसेम्बरमा चीनको उहानबाट देखिन थालेको हो भने यसको पहिचान पहिलो पटक डिसेम्बर ३१ मा भएको थियो ।
कोरोना भाइरसको संक्रमण तिव्ररुपमा फैलिँदै गएपछि विभिन्न देशले चीनमा रहेका आ–आफ्ना नागरिकको उद्दार गरिरहेका छन् । यस्तै, आइतबार नेपालले वुहान क्षेत्रबाट १७५ जना नागरिक उद्दार गरेको छ । यसअघि कोरिया, जापान, अमेरिकालगायतका देशले आफ्ना नागरिकको उद्दार गरिसकेका छन् ।

Sunday, February 16th, 2020

सम्बन्धित

सबै
तपाइको मत