नवनियुक्त सभामुख सापकोटाद्वारा पदभार ग्रहण

संबाददाता

काठमाडौं, १३ माघ । प्रतिनिधिसभाका नवनियुक्त सभामुख अग्निप्रसाद सापकोटाले पदभार ग्रहण गरेका छन् । सोमबार शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएपछि सभामुख सापकोटाले सिंहदरबार पुगेर पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहणसँगै सभामुख सापकोटाले प्राथमिकताका आधारमा काम अघि बढाउने प्रतिक्रिया दिएका छन् । उनले विस्तारै आफ्नो काम थाहा हुँदै जाने बताए । सापकोटा आइतबार सभामुखमा निर्विरोध निर्वाचित भएका थिए ।

Monday, January 27th, 2020

सम्बन्धित

सबै
तपाइको मत