टुँडिखेलमा ल्होसारको उल्लास (फोटोफिचर)

संबाददाता

काठमाडौं, ११ माघ । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नया“ वर्ष पर्व शनिबार टुँडिखेलमा उल्लासका मनाइएको छ । ल्होसार मनाउन तामाङ समुदायका युवायुवती संस्कृति झल्काउँने भेषभूषामा टुँडिखेल पुगेका थिए । नेपाल तामाङ घेदुङलगायत संस्थाले आयोजना गरेको कार्यक्रमकमा तामाङ खाना, वेशभूषा, कला संस्कृतिलगायतको प्रदर्शन गरिएको छ ।

यस्तै, यस वर्ष विश्व सम्पदा सूचीमा सूचीकृत बौद्ध क्षेत्रमा सोनाम ल्होसारलाई विशेष रुपम लिइएको छ । यसपटक नेपाल भ्रमण वर्षसँग जोडेर यहाँको प्रचारप्रसार गरिएको छ । नेपाल आउने धेरै पर्यटकको रोजाइमा बौद्ध क्षेत्र पर्छ । तामाङ जातिको मौलिक वेशभूषा, सांस्कृतिक गतिविधि, खानालगायतको प्रदर्शनसमेत गरिएको छ ।

Saturday, January 25th, 2020

सम्बन्धित

सबै
तपाइको मत