‘ठेकीभित्र…’मा केकीको ठुम्का (भिडियोसहित)

संबाददाता

काठमाडौं, २४ पुस । चर्चित गायिका अञ्जु पन्तको स्वरमा ‘ठेकी भित्र मदानी’को बोलको नयाँ गीत सार्वजनिक भएको छ । उक्त गीतमा गायक गगन सरगमले स्वरमा साथ दिएका छन् ।
गगनले यसअघि तिम्रो मनको माझमा, प्रेमको भिखारी र शंका नगरजस्ता चर्चित गीत गाएका छन् । ‘म त मर्छु क्यारे’जस्तो कालजयी गीतका स्रष्टा निम संगीतले सार्वजनिक गीतमा गाउँघरको लोकशैलीमा एरेञ्ज गरेका छन् ।


ठेकी, भकारी, बुईकल, मदानीजस्ता ठेट नेपाली शब्दलाई समेटेर सञ्चारकर्मी, गायक तथा रचनाकार कपिल कस्पालले शब्द त्इँर गरेका छन् । उक्त गीतको भिडियोमा अभिनेत्री केकी अधिकारी र विजु कार्कीले अभियन गरेका छन् ।
सुव्रतराज आचार्यले निर्देशन गरेको भिडियोको छायाँकन नवराज उप्रेतीले गरेका हुन् । भिडियोमा सुरेश बसेलको कोरियोग्राफी र नविन निरौलाको सम्पादन रहेको छ ।

Thursday, January 9th, 2020

सम्बन्धित

सबै
तपाइको मत