मलेसियामा ‘फूलको आँखामा फूलै संसार’

संबाददाता

काठमाडौं, २० पुस । गायिका आनी छोइङ डोल्मा मलेसियामा गुञ्जिएकी छन् । ‘फूलको आँखामा फूलै संसार’ जस्ता चर्चित गीतकी गायिका आनी क्वालालम्पुरस्थित स्तना बुद्धयमा आयोजित ‘फिल द हिल’ नामक कार्यक्रममा गुञ्जिएकी हुन् ।
मलेसियनकै सक्रियतामा आयोजित उक्त कार्यक्रमको उद्देश्य मानव माया, करुणा र शान्तिको सन्देश प्रवाव गर्नु रहेको छ । कार्यक्रममा आनीले आफ्नो चर्चित गीत ‘फूलको आँखामा फूलै संसार’का अलावा ‘बुझ्नै सकिनँ’, ‘बटुवा हुँ बटुवा र बुद्ध मन्त्र’लगायत करिब दर्जन गीत सुनाइन् । उनलाई प्रस्तुतिमा संगीतकार न्ह्यू बज्राचार्य, सारंगीबादक प्रिन्स नेपाली, प्रज्वल लामा (किबोर्ड), सुन्दर महर्जन (ड्रम), उमेश पण्डित फ्ल्युटले साथ दिएका थिए । आफ्नो प्रस्तुतीका क्रममा उनले नेपालको कला, संस्कृति र प्राकृतिक सौन्दर्य झल्किने विभिन्न दृश्यहरु पनि समावेश गरेर ‘भिजिट नेपाल २०२०’ को अभियानको प्रचार गरेकी थिइन् ।

Sunday, January 5th, 2020

सम्बन्धित

सबै
तपाइको मत