राजकुमार केटी बनेपछि….!

संबाददाता

काठमाडौं, १७ पुस । बलिउड अभिनेता राजकुमार रावले नयाँ वर्षको अवसरमा आफ्नो अपकमिङ फिल्म ‘लुँडो’को दुईटा लुक्क सार्वजनिक गरे । सार्वजनिक ती लुक्समा उनलाई चिन्न निकै गाह्रो छ ।
उनी एउटा लुक्स केटीको गेटअपमा छन् । जुन गेटअपलाई उनका फ्यानले समेत झट्टै ठम्याउन गाह्रो छ । इन्स्टामार्फत सार्वजनिक गरिएको केटीको गेटअपमा उनलाई धेरैले आलिया भट्टजस्तै भएको कमेन्ट गरेका छन् ।
त्यस्तै, उनको अर्को लुक्स ९० को दशकमा चर्चामा आएका अभिनेता मिथुन चक्रवर्तीबाट प्रभावित छ । जब अभिनेता राजकुमारले अंग्रेजी नयाँ वर्षको पुर्वसन्ध्यामा आफ्ना दुई लुक्स सार्वजनिक गरे, त्यसपछि उनका फ्यानहरु राजकुमारको लुक्सबारे कमेन्ट दिन थाले । उनको नयाँ लुक्सलाई धेरैले तारिफ गरेका छन् । तर, केहीले भने केटीको गेटअपलाई ‘आलिया भट्ट या कृति सैनन जस्तो लाग्यो’ भनेका छन् । तर, फिल्ममा ती दुवै अभिनेत्री छैनन् ।
‘लूडो’ आउँदो २४ अप्रिलमा रिलिज हुँदैछ । यस फिल्ममा अभिषेक बच्चन, तानी बासु, फातिमा सना शेख, रोहित सराफ, आदित्य रोय कपूर, सान्या मल्होत्रालगायतको मुख्य भूमिका छ । यो फिल्मलाई अनुराग बसुले निर्देशन गरिरहेका छन् । (एजेन्सी)

Thursday, January 2nd, 2020

सम्बन्धित

सबै
तपाइको मत