यस्तो रहेछ ‘मन चोरी लानेलाई’ (भिडियोसहित)

संबाददाता

काठमाडौं, १० पुस । गायक दीपक लिम्बूको नयाँ गीत सार्वजनिक भएको छ । इलामका विभिन्न मनोरम प्राकृतिक दृश्यमा छायाँकन गरिएको ‘मेरो मन चोरी लानेलाई’ बोलको उक्त गीतको भिडियोलाई फिल्मीशैलीमा तयार पारिएको छ । गीतको भिडियो निर्माणमा निकै मिहिनत गरेको देखिन्छ ।
इलामका विभिन्न क्षेत्रमा म्युजिक भिडियो छायाँकन भएको गरिएको बताइएको छ । दीपकको स्वर रहेको उक्त गीतमा राजकुमारको शब्द तथा संगीत रहेको छ । मौसम किशोरको निर्देशन रहेको म्युजिक भिडियोमा मोडल राज गुरुङ र कल्पना गुरुङले अभिनय गरेका छन् ।
सुदर्शन खतिवडाको निर्माण तथा एरेन्ज रहेको गीतको भिडियोलाई बिपिन आचार्यले सम्पादन गरेका छन् । नेपाली सांगीतिक क्षेत्रमा छुट्टै मिठास बोकेको गीतलाई दर्शकश्रोताले रुचाएका छन् ।

Thursday, December 26th, 2019

सम्बन्धित

सबै
तपाइको मत