स्कुटर नम्बर परिवर्तन गर्दै गहना लुट्ने दुई पक्राउ

संबाददाता

नेपालएक्स्क्लुसिव डटकम :
स्कुटरको नम्बर परिवर्तन गर्दै गहना चोरीमा संलग्न दुर्इजनालाई ललितपुर प्रहरीले सार्वजनिक गरेको छ ।

ललितपुर महानगरपालिकाको इखालखु बस्ने वर्ष ३० वर्षीय शैलेश ताम्राकार र लुखुशीका २५ वर्षीय लोलिनकाजी महर्जनलाई महानगरीय प्रहरी परिषद् जाउलाखेलले पक्राउ गरेको हो । उनीहरु गाःवहालबा पक्राउ परेका हुन् ।

ताम्राकार र महर्जन दुबैले ललितपुरका भित्री बस्तीमा चोरीको स्कुटरको सहायतामा गहना लुटपाट गर्दै आएका थिए ।

चोरेर प्रयोग गरेको बा ५४ प ४७६९ (वास्तविक बा ८५ प ४०६२) नम्बर र बा ९५ प ४०६२ (वास्तविक बा ९५ प ५८९९) को दुई स्कुटर बरामद गरिएको हो।

त्यस्तै पाँच थान सिक्री तथा एक थान लकेट, दुई थान बिलबुक, सुन जोख्ने एक थान मेसिन बरामद गरिएको छ।

Saturday, September 8th, 2018

सम्बन्धित

सबै
तपाइको मत