नेपालको पुरातात्विक सम्पदामा बेलायतका नेपाली इन्जिनियरको चासो

संबाददाता

नेपालएक्स्क्लुसिव डटकम :
बेलायतमा रहेको नेपाली इन्जिनियरहरुको संस्था सोसाइटी अफ नेप्लीज इन्जिनियर्स इन युकेले नेपालका ऐतिहासिक तथा सांस्कृतिक सम्पदा पुनर्निर्माण, सम्भार र जीर्णोद्धारमा चुनौति देखिएको निष्कर्ष निकालेको छ।

लण्डनमा शनिबार भएको अन्तक्र्रियामा कुनै पनि योजनामा निर्धारित प्रक्रियामा व्यवस्थित र जिम्मेवारी बोध नभएका कारण नेपालमा भइरहेको पुनर्निर्माण तथा विकासका काम चुनौतिपूर्ण भएको बताएका हुन्।

नेपालमा रहेका विश्व सम्पदालगायत अन्य सांस्कृतिक सम्पदालाई सम्बन्धित निकायबाट उपेक्षा गरिएको र भूकम्पपश्चात्को पुनर्निर्माणको प्रकृयालगायत निकै चुनौतीपूर्ण भएकाले यसमा आफूहरुले भूमिका निभाउन सक्ने सहभागीले बताए।

मल्टी डिसिप्लिनरी कन्सल्ट्यान्ट, नेपालका प्रबन्धनिर्देशक इन्जिनियर बदनलाल न्याछ््योंले ‘पुरातात्विक तथा सांस्कृतिक सम्पदा संरक्षण लगायतका चुनौतिहरु’ विषयमा बोल्दै विदेशमा रहेका नेपाली इन्जिनियरहरुले आफ्नो अनुभवलाई सँगालेर नेपालको लागि सम्बन्धित बिषयमा एउटा ‘कुशल अभ्यास दिशानिर्देश’ तयार गर्ने बताए।

डिजाइन, निर्माण, पुनर्निर्माण, जीर्णोद्धार, संरक्षण, आदि प्रकृयामा व्यवस्थित डकुमेण्टेसन, जाँच पड्ताल, अद्यावधीकरण तथा सही प्रमाणीकरणको अभावमा सम्पदा संरक्षण निकै चुनौतिपूर्ण रहेको उनको भनाई छ।

संस्थाका पूर्वअध्यक्ष इन्जिनियर घनश्याम पौडेलले पुरातत्व विभागले विश्व सम्पदाको सूचीमा नपरेका सांस्कृतिक सम्पदालाई जगेर्ना तथा सम्भार गर्नका लागि सम्पदाको वर्गीकरण गरी गुरुयोजना बनाउनुपर्नेमा जोड दिए।

Saturday, September 8th, 2018

सम्बन्धित

सबै
तपाइको मत