दीर्घबाहुको ‘बज्रजोगिनीको खजाना’ बजारमा

संबाददाता

नेपालएक्स्क्लुसिव डटकम :
नेपालका पहिलो जासूसी उपन्यास लेखक दीर्घबाहुको नयाँ उपन्यास ‘बज्रजोगिनीको खजाना’ आजदेखि बजारमा आएको छ ।

रहस्य र रोमाञ्चले भरिपूर्ण ‘बज्रजोगिनीको खजाना’ नेपालका वरिष्ठ पत्रकार तथा साहित्यकार श्रीधर खनालले ‘दीर्घबाहु’ उपनामबाट आजभन्दा चालीस वर्ष अघि लेखे पनि पहिलोपटक अहिले प्रकाशन गरिएको हो ।

खनाल भन्छन्, – ‘बज्रजोगिनीको खजाना मैले त्यतिबेलै लेखेको भए पनि बिभिन्न कारणवश अप्रकाशित अवस्थामा बसिरहेको थियो । साँग्रिला बुक्सका मणि शर्माले त्यो थाहा पाएर मसंग त्यसको प्रकाशनका लागि कर गरेपछि नाइँ भन्न सकिनँ ।’

वि.सं २०२२ मा प्रकाशित ‘शव्दभेदी लडाइँ’पछि उनले लेखेका इन्सपेक्टर खरेल सिरिजमा ‘मुर्कट्टा लास’, ‘छ औंले मान्छे’, ‘पानको गुलाम’, ‘डाक्टर डेमन’ तथा डिटेक्टिभ कमलराज रुपाखेती सिरिजमा ‘मेजरको सर्प’, ‘बिखालु इच्छापत्र’, ‘बाह्र बजेको घण्टी’, ‘भेनसका हिप्पीहरु’ र ‘नाङ्एिकी सुन्दरी’ नामक जासूसी उपन्यासहरु त्यतिबेला निकै लोकप्रिय थिए ।

Saturday, September 8th, 2018

सम्बन्धित

सबै
तपाइको मत