‘गोर्खा पिस फाउन्डेसन’ र पूर्ण लिम्बुको सहकार्यमा संखुवासभाका महिलाहरुको लागि निशुल्क ढाका उत्पादन तालिम

संबाददाता

संखुवासभा चैनपुर नगरपालिका- ४ का सयौ स्थानीय महिलाहरुले रोजगारको अवसर पाउने भएका छन् । समाजसेवी गायक पूर्ण लिम्बुले त्यहाँको स्थानीय महिलाहरुको स्थिति देखेर ‘गोर्खा पिस फाउन्डेसन’ युके (GPF) संगको सहकार्यमा निशुल्क ३ महिना ढाका उत्पादन तालिमको व्यवस्था गरिदिएका हुन् ।

यस तालिमले अवश्य पनि धेरै महिलाहरुलाई रोजगारको ढोका खुल्ला गरिदिने विश्वास समेत गायक पूर्ण लिम्बुले ब्यक्त गरेका छन् । यस्तै उनले आफ्नो यस समाजसेवी काममा हातेमालो गरेर आफुलाई सहयोग गरिदिएकोमा ‘गोर्खा पिस फाउन्डेसन’ युके (GPF) प्रति आभार समेत प्रकट गरेका छन् ।


गोर्खा वेलफेयर ट्रस्ट लगायत थुप्रै संघ संस्था संग आबद्ध रहेका उनले नेपालको विभिन्न भागमा पुगेर समाजसेवाको काम गरिसकेका छन् । थुप्रै गीत बजारमा लिएर आईसकेका उनले अहिले फेरी आफ्नो नया गीतको तयारीमा जुटेका छन् ।

३ चैत्र २०७५, आईतवार ०५:०४

सम्बन्धित

सबै
तपाइको मत