सुशान्त खत्रीको मुटु छुने फिल डान्स, दर्पण राईको “यो मुटु दुख्छ किन” (भिडियो सहित)

संबाददाता

अत्ति नै मर्मशील शब्द लेखन क्षेमता राख्ने गीतकारको हिसाबले चिर परिचित छन् दर्पण राई । “तिम्ले बाटो फेरेउ अरे” गीतले उनलाई धेरैको दर्शक श्रोताको माझमा चिनायो । केहि समय अगाडी रिलिज भएको “तिम्ले बाटो फेरेउ अरे २” ले झनै उनको चर्चा बढायो । समाजको कथा सोचेर प्राय धेरैको मन नजिक रहने सक्ने शब्द छायांकन गर्न सक्ने उनीमा भएर नै होला उनको अधिकांश गीत बजारमा सफल नै भएका छन् । दर्शक श्रोताको साथको लागि उनले सबै प्रति आभार समेत प्रकट गरेका छन् ।

दर्पण राईले आफ्नो नया गीत “यो मुटु दुख्छ किन” बजारमा सार्वजनिक गरेका छन् । अहिले सम्मको उनको गीत भन्दा बिल्कुलै फरक यो गीत उनको रहेको छ । उनको शब्दमा र संगीतमा तयार भएको यस गीतमा गायक राजेश पायल राईले स्वर भरेका छन् । गीतमा टेकेन्द्र याक्सोको अरेन्ज रहेको छ । गीतको शब्द र संगीत पक्ष अत्ति नै सुन्दर छ । सजिलै संग सबैको मनमा छुन सक्ने हिसाबले निर्माण पक्षले गीतलाई ढालेको देखिन्छ ।

गीतको कुरा गरिरहँदा भिडियोको कुरा छुटाउनै मिल्दैन । गीतको भिडियो उस्तै दमदार र नया खालको बनेको छ । शान थापाको निर्देशन, अनिल के मानन्धरको छायांकन र सुप्रिम पराजुलीको सम्पादन रहेको भिडियोमा भारत देखि नेपाल सम्म नाम चलाएका डान्सर सुशान्त खत्रीको अत्ति नै सुन्दर डान्स रहेको छ । उसै पनि उनलाई भावना बगेर गीतको हरेक शब्दमा डान्स गर्न सक्ने डान्सरको रुपमा चिनिने गरिन्छ । उनको यहि परिचय उनले यस भिडियोमा पनि देखाएका छन् ।

सुशान्तले गीतको हरेक शब्दलाई आफ्नो डान्सबाट बयान गर्ने कोशिश गरेका छन् । हेर्दा नै फरक र रमाइलो लाग्ने यस भिडियोले धेरैको मन छुने देखिन्छ । युटुबमा रिलिज भए संगै निकै राम्रो प्रतिक्रिया यस गीत र भिडियोले प्राप्त गरिरहेको छ । नेपाली सांगीतिक क्षेत्रको लागि यो नया प्रयोग पनि हुन सक्छ । उसै पनि दर्पण राई नया प्रयोग गर्न रुची राख्ने व्यक्ति हुन् चाहे त्यो गीत होस या मोडलिङ उनले अरु भन्दा फरक नै गर्ने प्रयास गरिरहेका छन् ।

हेर्नुस भिडियो :

२७ फाल्गुन २०७५, सोमबार ०६:३९

सम्बन्धित

सबै
तपाइको मत