सरकार विरुद्ध बेनी र बागलुङबाट काँग्रेसले सुरु गर्यो प्रदर्शन, तरुण दलले दियो डरलाग्दो चेतावनी

संबाददाता

वर्तमान कम्युनिष्ट सरकार विरुद्ध नेपाली काँग्रेस र नेपाल तरुण दल सुरुवाती दिन देखि नै रुष्ट रहेको छ । सरकारले संविधान मिचेर सुरुवाती दिनमा काम सुरु गरेको र अहिले पनि २ तिहाईको दम्भमा जनताको अधिकार दबाउने काम गरेको आरोप लगाउदै आईरहेको छ । सरकार विरुद्ध नेपाल तरुण दलले धेरै पटक सशक्त रुपमा आन्दोलन गरिसकेको छ । यसै बीच अहिले जिल्ला स्तरीय आन्दोलन सहित नेपाली काँग्रेस अगाडी बढिरहेको छ भने पार्टीलाई नेपाल तरुण दलले यति बेला भरपुर साथ दिइरहेको छ ।

हिजो बेनी र आज बागलुङमा नेपाली काँग्रेसले सरकार विरुद्ध बिशाल आमसभा गरेको छ । कार्यक्रममा काँग्रेस पार्टी सभापति शेर बहादुर देउवा संगै बरिष्ट नेता रामचन्द्र पौडेल, रामहरी खतिवडा, विश्वो प्रकाश शर्मा लगायतका अरु नेताहरुको उपस्थिति रहेको थियो । यसै बीच कार्यक्रममा नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जित जंग बस्नेतले सरकार विरुद्ध कडा रुपमा अभिव्यक्ति दिएका छन् । उनले के.पी ओली प्रधानमन्त्री बन्नु नै अवैधानिक रहेको र राष्ट्रपति विद्या देवी भण्डारीले पनि सुरुवाती चरण देखि नै संबिधान मिच्ने काम गरेको बताएका छन् ।

यस्तै उनले सरकारको कालोकर्तुतको पर्दाफास गरेका छन् । उनले यहाँ ३३ किलो सुनको मात्र होइन ३८ कुन्टल सुनको कुरा लुकाईएको र सरकारले भित्रि रुपमा खेल खेलेर त्यसलाई पचाउन कोशिश गरेको बताएका छन् । यस्तै उनले निर्मला हत्या काण्डमा गृहमन्त्री रामबहादुर थापा बादलको छोराको हात रहेको आरोप लगाएका छन् । यस्तै उनले काँग्रेस सरकारमा हुँदा भएका निर्णय र सिफारिस के.पी ओली सरकारले बदर गरेको र लुकाएको भन्दै आपत्ति जनाएका छन् ।

यस्तै उनले सरकारले न्यायालय माथि पनि हस्तक्षेप गर्दै यसलाई पनि आफ्नो अधिनमा पार्ने कोशिश गरेको भन्दै यसको विरुद्ध नेपाल तरुण दल कुनै पनि तवरमा मौन नबस्ने चेतावनी दिएका छन् । यस्तै उनले अहिले सरकार संग डराउनु पर्ने कुनै आवश्यक नरहेको भन्दै यसको सामना गर्न सधैब तयार रहनु पर्ने समे बताएका छन् । यस्तै उनले वर्तमान कम्युनिष्ट सरकारले जनताको हक अधिकारलाई दिन प्रति दिन दबाउदै गईरहेको र यसको परिणाम निकै नै भएंकर हुने चेतावनी समेत दिएका छन् ।

सरकारले अर्बौ रुपैयाको घोटाला गरिरहेको र जनतालाई ठग्ने काम गरेको समेत आरोप लगाएका छन् । चिकित्सा शिक्षा विधेयकलगायत दर्जनौं घटनामा सरकारले संविधान कुल्चेको आरोपसमेत उनले लगाए । यस्तै नेपाल तरुण दलले विभिन्न जिल्लामा काम गर्दै गर्दा सरकारको आदेशमा प्रहरी प्रशासनले अवरोध सिर्जना गर्दै अबद्र व्यवहार गरेको समेत बताएका छन् ।

आगामी दिन पनि यहि प्रवृति सरकार र प्रहरी प्रशासनले देखाए देशभर आगो बाल्ने ठाडो चेतावनी उनले दिएका छन् । यस्तै अब कम्युनिष्ट सरकारको दिन धेरै लामो समय नरहेको र जनताले पनि यो सरकारलाई नकार्न थालिसकेको भन्दै यदि सबैले एकजुट भएर साथ दिए यो सरकारलाई नेपाल तरुण दलले सजिलै जरै देखि उखालेर फालिदिने समेत बताएका छन् ।

हेर्नुस भिडियो :

२६ फाल्गुन २०७५, आईतवार १७:२०

सम्बन्धित

सबै
तपाइको मत