“जेबा जेबा छामे” को भिडियोमा राज तामाङ र पुसन लामाको यस्तो लोभलाग्दो केमेष्ट्री

संबाददाता

नेपालएक्स्क्लुसिव डटकम :
पछिल्लो समय नेपाली दर्शकहरुको लागि रोजाई अनुसारको गीत संगीत र भिडियो बजारमा आईरहेको छ | समय पहिलेको जस्तो पनि छैन | यहि अनुरुप कलाकार देखि निर्माताहरुले सम्म राम्रो प्रस्तुति बजारमा लिएर आउने कसरत अलिक बढी अहिलेको समयमा गरेको पाईन्छ | यहि अनुरुप तामाङ भाषामा निर्मित “जेबा जेबा छामे” बोलको गीत र म्युजिक भिडियो बजारमा अहिले रिलिज भएको छ | डबिन्द्र तामाङको शब्द, जोगलाल लामाको संगीत र जीवन तामाङको स्वरमा यो गीत तयार भएको हो |

हुन त भाषागत हिसाबले हेर्दा धेरैलाई यो गीत बुझ्न केहि समस्या हुन सक्छ तर गीत सुन्दा आफैमा धेरै रमाइलो खालको रहेको छ | गीत संग संगै गीतको भिडियो अझ बढी दमदार बनेको छ | हुन त दमदार शब्द यहाँ प्रयोग गरिरहँदा धेरै कुराको अर्थ लाग्न सक्छ तर यहाँ हामीले भनेको कुरा नृत्य संग आबद्ध रहेको छ | हो दर्शकबिन यस भिडियोमा नृत्यको भाग धेरै रहेको छ | शम्भु मोक्तान तामाङको निर्देशनमा तयार भएको भिडियोमा कोष बोम्जनको छायांकन र बिक्रम लामा (तामाङ) को छायांकन रहेको छ |

भिडियोमा राज तामाङ, पुसन लामा र सुसिम घलानको अभिनय रहेको छ भने भिडियोमा राज तामाङको नृत्यले भिडियोलाई अझ रोचक र आकर्षण बनाएको छ | युटुबमा सार्वजनिक भएको यस भिडियोले अहिले राम्रै प्रतिक्रिया हासिल गरिरहेको छ | मलेसियामा छायांकन गरिएको यो भिडियोको दृष्यांकन पनि राम्रो नै छ | लामो समय देखि मलेसिया बसेर आफ्नो प्रस्तुति प्रष्पोटन गर्दै आएका राज तामाङ अहिले नेपाल आएका छन् | आगामी दिन नेपालमा नै बसेर आफ्नो कला क्षेत्रको यात्रा जारी राख्ने उनको भनाई रहेको छ |

हेर्नुस भिडियो :

२४ मंसिर २०७५, सोमबार ०७:०४

सम्बन्धित

सबै
तपाइको मत