मिलन चाम्सको “बोबी” को आकर्षण नेपाल देखि बेलायत, हङकङ देखि अमेरिका सम्म यस्तो

संबाददाता

नेपालएक्स्क्लुसिव डटकम :
चलचित्र त धेरै निर्माण हुने गर्दछन त्यसपछि सिनेमा घरमा पनि लाग्छ तर धेरै कम चलचित्रले मात्र सफलता हासिल गर्छ | सफलता हासिल गर्नु एउटा कुरा हो तर सफलता संग संगै हरेक दर्शकको भित्रि मनमा बास गर्न सक्नु भने अर्को कुरा | तर यो २ कुरा नै जित्न सफल चलचित्र बन्यो “बोबी” | अहिले सर्वाधिक चर्चित र ब्यस्त निर्देशक तथा निर्माता मिलन चाम्सको निर्देशन र निर्माणमा यो चलचित्र बनेको हो | चलचित्रलाई धेरैले हल्का रुपमा सोचेका थिए प्रदर्शन अगाडी तर जब यो चलचित्र प्रदर्शन भयो नेपालमा यसले हरेक दर्शकको मनमा एक्क्षत्र राज गर्यो |


यो चलचित्र केहि समय अगाडी नै नेपालमा रिलिज भैसक्यो भने अहिले विदेशमा प्रदर्शन भईरहेको छ | नेपालका दर्शकले यो चलचित्रलाई अहिले सम्म पनि भुल्न सकेका छैनन् | विदेशमा पनि यो चलचित्र बेलायत र अमेरिका जस्ता देशमा प्रदर्शन भईसकेको छ र सफलता समेत हासिल गरिसकेको छ | विदेशको दर्शकको मन पनि यो चलचित्रको भावले मार्मिक बन्यो र हरेकको आँखामा आँशु देखियो | चलचित्र हेरिसक्दा कसैले आफ्नो आँशु थाम्न सकेनन | बेलायत र अमेरिकाको अवस्था यस्तै नै भयो | एक हिसाबले भन्ने हो भने अहिले सम्मकै भावुक चलचित्रको रुपमा यस चलचित्रलाई हेरिएको छ |



अहिले अरु थुप्रै देशमा पनि यो चलचित्र प्रदर्शनको तयारीमा छ | १ अक्टुबरमा हङकङमा पनि यो चलचित्र शो हुदैछ | केहि दिन अगाडी मात्र अग्रिम टिकट बुकिङ खुल्ला गरिएको थियो तर ३ दिनमा नै सबै अग्रिम टिकट प्याक भयो | थुप्रै दर्शकले टिकट पाएनन् र निराश बने | तर आयोजक पक्षले यहि कुरालाई मध्य नजर गर्दै अर्को शो पनि लगाउने तयारी गरिरहेको जानकारी आएको छ | निर्देशक तथा निर्माता मिलन चाम्सले आफुले पनि यस बिषयमा आयोजक संग कुरा गरेको र अर्को शो पनि थपिदिन आग्रह गरेको बताउनुभएको छ | अहिले विदेशमा “बोबी” को आकर्षण बढिरहेको छ |



रियल लाईफ जोडी उमेश थापा र कविता गुरुङको वास्तविक जीवन कथामा यो चलचित्र निर्माण भएको हो | प्रेमभाव र पारिवारिक कथाको बेजोड समिश्रण संगै यो चलचित्र तयार भएको छ | नेपाल र नर्वेको सुन्दर दृश्य संगै ख्याती प्राप्त कलाकारको अभिनय यस चलचित्रमा रहेको छ | आफ्नै कथामा निर्माण भएको चलचित्रमा उमेश र कविता आफैले अभिनय गरे र पहिलोपटकमा नै धेरैबाट तारिफ पनि बटुल्न सफल भए | यता निर्देशक तथा निर्माता मिलन चाम्सलाई भने दर्शकले धन्यवाद नै ज्ञापन गरे | यस्तो चलचित्र आगामी दिनमा पनि निर्माण गर्न सुझाब समेत दिए | मिलन चाम्स भने यो सबै दर्शकको साथले नै सम्भव भएको बताउछन् |



उनले आफ्नो कामलाई सहि ढंगले मुल्यांकन गरिदिनुभएकोमा सबै दर्शकलाई हृदय नै धन्यवाद दिएका छन् | यस्तै आगामी दिनमा पनि यस्तै मायाको अपेक्षा राखेको समेत उनले बताएका छन् | साच्चै नै निकै कम समयमा मिलन चाम्सले धेरै सफलता हासिल गरिसके | गन्तीको हिसाबमा उनको निर्देशन र निर्माणमा बनेको चलचित्र सम्भवत आधा दर्जन पनि पुगेको छैन होला तर सफलता भने उनले अधिक पाईसके | आज उनको नाम देशमा मात्र होइन विदेशमा पनि उत्तिकै चर्चामा छ | अवश्य पनि उनले नेपाली चलचित्रलाई निकै तीव्र गतिमा विदेशी भूमिमा स्थापित गरिरहेका छन् |

हेर्नुस ट्रेलर :

१२ आश्विन २०७५, शुक्रबार ०२:१२

सम्बन्धित

सबै
तपाइको मत