“गीत एक, संगीत अनेक” मा “जुनी” १/१ गोर्खा राईफल्सका निर प्रसाद गुरुङ्गको फरक कदम

संबाददाता

नेपालएक्स्क्लुसिव डटकम :
भु. पु. सैनिक निर प्रसाद गुरुङ्ग जसले नेपाली सांगीतिक क्षेत्रमा प्रवेश गरे फरक ढंगले | यो प्रशंग नै केहि फरक सुनिन्छ तर वास्तविकता पनि त्यस्तै नै छ | नेपाली सांगीतिक इतिहासमानै पहिलो पटक “गित एक, संगीत अनेक” को रुपमा तैयार पारिएको एल्बम “जुनी” एल्बम उनले तयार पारेर दर्शक श्रोता सामु पेश पनि गरे | उनको यस एल्बममा समाहित गीतहरु बजारमा आईसकेको पनि छ | धेरैले उक्त गीतहरुलाई मनपराई धेरै माया र साथ समेत दिनुभएको छ | एउटा सच्चा सर्जकको लागि यो भन्दा ठुलो कुरा के हो होला | यहि अनुभव निर प्रसाद गुरुङ्गलाई पनि भएको छ | उनले सबै प्रति आभार समेत प्रकट गरेका छन् |

एउटा सैन्य संख्या न. ५०४३६५९ एक्स. हवल्दार निर प्रसाद गुरुङ्गले अवकास प्राप्त गरेर सांगीतिक क्षेत्रमा होमिएको घटनाले धेरैलाई प्रभावित पारेको छ | गुरुङ्ग सन १९८५ सालमा भारतीय गोर्खामा भर्ती भएर १४ गोर्खा राईफल सेन्टर, हिमाचल प्रदेश सुबाथुमा एक सालको सैन्य प्रशिक्षण पूरा गरि १/१ गोर्खा राइफल पल्टनमा गएका थिए। नोकरीको साथ- साथै Western Material Music बाट I. Mus. “इन्टर अफ म्युजिक” भारतको मध्यप्रदेशमा गरेका थिए। १८ साल सैन्यमा काम गरेपछी सन २००२ सालमा अवकाश लिएर हालमा निरन्तर संगीतको काम गरिरहेको बताउछन।

उनको पहिलो कोसेली यस “जुनी” एल्बममा ४ वटा गीत समावेश रहेका छन। उनको यस एल्बमको विशेषता चारवटै गीतको शब्द एउटै रहेको छ भने लय र ताल अलग अलग धारमा दर्शक- श्रोताहरुले सुन्न पाउनु हुनेछ। यस गीतको शब्द र संगीत निर प्रसाद गुरुङ्गको रहेको छ। गीत रचना गर्दा शब्दमा गीत, गजल, मुक्तकको स्वभावको साथमा धेरै भन्दा धेरै “अनुप्रास” देखापरेकोले यो प्रस्तुती गर्न आट आएको उनि बताउछन। सबै गीतको भिडियो निर्माता पनि स्वम गुरुङ्ग रहेका छन्। “गीत एक, संगीत अनेक” रुपको गीत नेपाली सांगीतिक इतिहासमा मात्र सिमित नरहेर यो विश्वकै इतिहासमा पनि पहिलो रेकर्ड रहने सम्भावना गुरुङ्गको भनाई छ।

विश्वमा नेपाली संगीतको यस्तो प्रकारको सृजना चिनाउनको लागि अन्तररास्ट्रीय सम्बन्धित निकायमा “रिसर्च” खोजी गरिरहेको उनि बताउछन। “जुनी” एल्बमको ४ वटा गीतको यो पहिलो गीत : “यो जुनीमा बाँचुन्जेलसम्म, तिम्रै मायाको हात चाहिन्छ” बोलको गीत नेपाली सांगीतिक फाटका बहुचर्चित कलाकार प्रमोद खरेलको अति मीठो कर्ण प्रिय स्वरको साथमा रहेको छ। यस गीतको संगीत संयोजन बहुचर्चित कलकार बि. बी. अनुरागीले गरेका छन। गीतको भिडियोमा मोडेल सनम कठायत र अन्जु चौलागाईको अभिनय रहेको छ। यस्तै भिडियोमा उत्सव दहालको छायांकन र निशान घिमिरेको सम्पादन रहेको छ |

यस्तै भिडियोको निर्देशन प्रकाश धितालले गरेका छन्। निर प्रसाद गुरुङ्गको गीत संगीत प्रतिको यो लगाव साच्चै नै निकै प्रेरणादायी रहेको छ | उनि आफै पनि धेरैको लागि प्रेरणाको श्रोत बनेका छन् | उनको प्रयास पक्कै पनि नया छ भने उनले गरेको काम पनि फरक छ | सम्भवत उनले नै पहिलो पटक “गीत एक, संगीत अनेक” कन्सेप्ट बनाएर एल्बम निकालेका हुन् | उनको रचना निकै मार्मिक छ र सुन्दर पनि | आगामी दिन उनको कस्तो बित्ने छ त्यो हेर्न बाँकी नै छ तर उनि भने आफु यहि क्षेत्रमा नै निरन्तर लागिपर्ने विश्वास ब्यक्त गर्दछन |

हेर्नुस भिडियो :

१० आश्विन २०७५, बुधबार १४:३२

सम्बन्धित

सबै
तपाइको मत