अन्योलमा “ब्ल्याक समर” को नेपाल रिलिज, तर बेलायतमा बन्यो यति चर्चित र सफल

संबाददाता

नेपालएक्स्क्लुसिव डटकम :
धेरैको बुझाई र भनाई अनुसार पछिल्लो समय नेपाली चलचित्रले फड्को मार्न नसकेको ठम्याई छ | फरक धारको चलचित्र पछिल्लो समय निर्माण हुन नसकेको पनि धेरै दर्शकहरुको गुनासो छ | कतिपय फिल्मकर्मीले नै पनि यो कुरा भनेका छन् | तर यहि बीचमा केहि गरक कन्सेप्टको हिसाबले “ब्ल्याक समर” नामक चलचित्रको निर्माण भएको छ | हुन त निर्माणको हिसाबले यो चलचित्र बनेको करिब १ बर्ष भन्दा बढी भईसकेको छ तर अहिले सम्म पनि नेपालमा रिलिज हुन सकेको छैन | यसको ठोस कारणको रुपमा निर्माण पक्षले विदेश प्रदर्शनीलाई बताएको छ | सम्भवत यो कुरा साचो हुन पनि सक्छ |


किन भने केहि दिन अगाडी सेप्टेम्बर ९ तारिखमा यस चलचित्रको बेलायतको अल्डरसट स्थित ईमपाईर हलमा विशेष शो गरिएको छ | चलचित्रले सोचेको भन्दा राम्रो दर्शकको साथ पायो र प्रतिक्रिया पनि उत्तिकै राम्रो | निर्माण पक्ष दंग देखिन्थे त्यो दिन | निर्देशक एल.बि सुब्बाले आफ्नो टिमले गरेको कामको सहि मुल्यांकन भईरहेको देख्दा निकै खुशी लागेको बताएका छन् | यस्तै उनले अब नेपालमा पनि “ब्ल्याक समर” ले अवश्य नै राम्रो प्रतिक्रिया पाउने आशा राखेका छन् | अधिकांशले चलचित्र भित्रको सस्पेन्स र कलाकारहरुको अभिनय मन पराएको देखियो |


यो चलचित्रमा अधिकांश नया कलाकारको नै अभिनय रहेको छ | त्यसमा पनि दर्शकको आँखामा भने नायक रितेश चाम्स परे | उनले गरेको अभिनय र द्वन्दको धेरैले प्रशंसा गरे | हुन त उनि धेरै पहिला देखि नै अभिनयमा सक्रिय भईरहेका छन् | उनले धेरै नेपाली चलचित्रमा अभिनय समेत गरिरहेका छन् | बेलायतमा बसोबास रहेका उनले अभिनयलाई नया ढंगले प्रस्तुत समेत गरिरहेका छन् | दर्शकले आफ्नो र आफ्नो टिमको कामलाई मनपराईदिनुभएकोमा उनले सबै प्रति आभार समेत प्रकट गरेका छन् | आगामी दिन अझै राम्रो गर्दै जाने समेत उनले बताएका छन् र उनको नया प्रोजेक्टको पनि यति बेला तयारी भईरहेको छ |


चलचित्रलाई सरस्वति ज्ञवाली,तारा दुमी राई, टिया गुरुङ, विजय कुमार दुमी र प्रतिमा दुधराज मिलेर निर्माण गरेका हुन् | चलचित्रलाई एल.बि सुब्बाले लेखन तथा निर्देशन गरेका हुन् | यस्तै चलचित्रमा राम कुमार केसी र प्रतिक दुधराजको छायांकन, अर्जुन जी.सीको सम्पादन र सम्राट बस्नेतको द्वन्द रहेको छ | चलचित्रमा रितेश चाम्स संगै रीमा विश्वोकर्मा, अमिषा राई, सपना श्रेष्ठ, दीपक गुरुङ, सनम कुमार बैराग, मनिष कुमार श्रेष्ठ र ज्यासंग लिङदेन लगायतका कलाकारहरुको अभिनय रहेको छ | बेलायतको सुखद विशेष शो पछि अब अरु देशमा पनि यो चलचित्र प्रदर्शन हुदैछ | तर अहिले पनि नेपाल रिलिज भने अन्योल नै छ |


निर्माण पक्षले अहिले नै आधिकारिक जानकारी दिइसकेको छैन | तर निर्देशन एल.बि सुब्बाले यहि बर्षमा नै यो चलचित्र नेपालमा प्रदर्शन हुन सक्ने केहि संकेत दिएका छन् | तर यता नेपालमा भने दर्शकहरुलाई यो चलचित्रको पर्खाई रहेको छ | चलचित्रको ट्रेलर र गीतले धेरैलाई प्रभावित पारेको छ | यस हिसाबले सम्भवत नेपालमा प्रदर्शन पनि यो चलचित्र सुखद हुने देखिन्छ तर यसको लागि केहि समय सबैले पर्खिनै पर्ने हुन्छ | तर यो चलचित्र नेपाली चलचित्रमा केहि फरक ट्रेन्ड सेट गर्ने भने सम्भावना देखाएको छ |

हेर्नुस ट्रेलर :

३ आश्विन २०७५, बुधबार ०४:३४

सम्बन्धित

सबै
तपाइको मत