शम्भु मोक्तानको निर्देशनमा रिलिज भयो अर्को दमदार भिडियो, यसरी जित्दै छ दर्शकको मन

संबाददाता

नेपालएक्स्क्लुसिव डटकम :
विदेशमा बस्नु र नेपाली कला क्षेत्रमा आबद्ध भएर लगातार एक पछि अर्को काम गर्दै जानु यो सुन्दा नै कठिन लाग्छ धेरैलाई | फेरी सबैको हातको कुरा पनि होइन यो | तर यसको मतलब यो असम्भव नै भने होइन | यसलाई सम्भव पारेर अगाडी बढेका पनि धेरै उदहारण हामी माझ रहेका छन् | त्यहि भित्रको एक उदहारण हुन् शम्भु मोक्तान तामाङ | प्रतिभाले भरिपुर्ण यी व्यक्ति जसले तामाङ चलचित्रमा अभिनय गर्दै आफ्नो कला क्षेत्रको यात्राको सुरुवात गरे र बिस्तारै आफु भित्रको प्रतिभालाई बढाउदै लिएर गए र अहिले म्युजिक भिडियो निर्देशक सम्म आफुलाई खडा गरिसके |

यो धेरै ठुलो उपलब्धि हो तर सजिलो थिएन उनको लागि यो सबै कुरा | बसाई मलेसिया जहाँको स्थिति सम्भवत सबैलाई थाहा नै छ किन भने नेपालीहरुको गन्तब्य नै धेरैको मलेसियानै बन्ने गरेको छ | केहि बर्ष अगाडी शम्भु मोक्तानको गन्तब्य पनि मलेसिया नै बन्यो | तर उनलाई मलेसियाले नै धेरै कुरा दियो | अवसर र प्राप्ति उनले यहि देखि पाए | चलचित्रमा अभिनय गरेको अनुभव उनि संगै थियो त्यहि कुरालाई निखार्दै लिएर गए उनले | आज उनि म्युजिक भिडियोमा अभिनय गर्नुको साथै आफै भिडियो निर्देशन पनि गर्ने गरेका छन् | उनि अभिनित र निर्देशित धेरै म्युजिक भिडियो बजारमा आईसकेको छ |

लामो बसाई पछि उनि अब छिट्टै नै नेपाल फर्किदैछन् | नेपालमा आएर पनि यहि क्षेत्रमा यहि गतिमा अगाडी बढ्ने प्रतिबद्धता समेत उनले जाहेर गरेका छन् | अहिले मलेसियामा अत्यन्तै ब्यस्त म्युजिक भिडियो निर्देशकको सुचिमा उनको नाम सबैभन्दा अगाडी आउछ | हरेक हफ्ता जस्तो उनले एउटा म्युजिक भिडियो निर्देशन गरिरहेका छन् | यहि अनुरुप उनले निर्देशन गरेको “ङाला चु सेम” बोलको तामाङ भाषाको गीतको म्युजिक भिडियो केहि दिन अगाडी मात्र सार्वजनिक गरिएको छ | यसमा उनले निर्देशनको साथमा अभिनय पनि गरेका छन् | तामाङ भाषामा नै यो गीत भए पनि गीत निकै रमाइलो छ |

भिडियोमा शम्भु संगै सुशिला थिङ, सुरेश खड्का र अभिनाश घिसिङको अभिनय रहेको छ | भिडियोमा इन्टरटेन गर्ने हिसाबले राज तामाङको पनि उपस्थिति रहेको छ | भिडियोमा उनको दमदार डान्स देख्न सकिन्छ | यो अगाडीको लाइनले पनि संकेत दिइसकेको छ कि भिडियोमा राज तामाङको नै नृत्य निर्देशन रहेको छ | उनले नै यो भिडियोमा देखिएको रमाइलो डान्स स्टेपको निर्देशन गरेका हुन् | उनि पनि निकै मेहेनत र संगर्ष गर्दै यहि क्षेत्रमा लागिपरेका छन् | कोष बोम्जनको छायांकन र मेग बहादुर थापाको सम्पादनमा यो भिडियो तयार भएको छ | मलेसियामा नै यस भिडियोको सम्पूर्ण छायांकन गरिएको छ |

भिडियो निकै रंगिन बनेको छ र यसमा निर्देशक शम्भु मोक्तान तामाङको मेहेनत पनि प्रष्ट देखिएको छ | गीत र भिडियोले अहिले युटुबमा पनि राम्रो चर्चा पाईरहेको छ | धेरैले गीत र भिडियो मनपराईरहनु भएको छ | यस गीतमा बिशाल थिङको शब्द, संगीत र स्वर समावेश रहेको छ भने यस गीतलाई अरेन्ज गर्ने काम चांद सिंहले गरेका छन् | डान्स र रोमान्टिक जनरामा यो गीत तयार गरिएको छ | दर्शकको प्रतिक्रियाले आफुले निकै संवेदनशील हिसाबले नियालिरहेको निर्देशक शम्भु मोक्तानको भनाई रहेको छ | आगामी दिन अझै राम्रो गर्दै जाने विश्वास समेत उनले ब्यक्त गरेका छन् |

हेर्नुस भिडियो :

३ आश्विन २०७५, बुधबार ०४:०३

सम्बन्धित

सबै
तपाइको मत