भारतीय वायुसेनाको लडाकु विमान दुर्घटना

संबाददाता

नेपालएक्स्क्लुसिव डटकम :
भारतीय वायुसेनाको एमआइजी २७ (MiG-27) लडाकु विमान राजस्थानको जोधपुर नजिकै खेतमा दुर्घटना भएको छ। लडाकु विमानका चालकलाई सुरक्षित निकालिएको भारतीय वायुसेनाका प्रवक्ता सोम्बित घोषलाई उद्‍धृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

एनडीटीभीका अनुसार विमान जलेर पड्किनु अगाडि नै चालकलाई जिवीतै उद्दार गरिएको थियो। वायु सेनाको जोधपुर आधार शिविरबाट उडेको उक्त विमान सेनाको नियमित काममा थियो।

बाँझो खेतमा आगो दन्किरहेको र धुवाँको मुस्लो उडिरहेको देखेपछि गाउँलेहरूले स्थानीय प्रशासनलाई खबर गरेका थिए। स्थानीय प्रशासनले घटना नियन्त्रणमा लिन दमकल पठाएको थियो। सोभियत संघ हुँदाताका सन् १९८० को दशकमा भारत ल्याइएको उक्त विमान १९९९ मा कारगिल युद्धमा जमिनमा प्रहार गर्न प्रयोग गरिएको समाचारहरूमा उल्लेख छ।

२३ भाद्र २०७५, शनिबार ०७:४२

सम्बन्धित

सबै
तपाइको मत