मन्त्री फेर्ने विषयमा प्रधानमन्त्रीले मुख खोले, भने- ‘हाँसी दिनुहोस त मन्त्रीहरू !’

संबाददाता

नेपालएक्स्क्लुसिव डटकम :
सत्तारुढ दलले कतिपय मन्त्री परिवर्तन गर्न लागेको चर्चाका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले यसबारे मुख खोलेका छन्। उनले अहिले मन्त्री परिवर्तन गर्ने कुनै योजना नरहेको उनले बताए।

जिल्ला समन्वय समितिको प्रथम राष्ट्रिय भेलालाई शनिबार राष्ट्रियसभागृहमा सम्बोधन गर्दै अस्थिरता फैलाउने खोज्नेले केही नपाएर नियोजितरुपमा मन्त्री परिवर्तन गर्ने हल्ला फैल्याइएको दाबी गरे।

‘मन्त्रीहरू निकालिदैछ भन्ने हल्ला छ, तर त्यो केही हुने वाला छैन, ’उनले मञ्चहरु मन्त्रीहरूतिर इगिंत गर्दै भने,‘ उहाँहरूले राम्रोसँग काम गर्नु भएको छ, किन उहाँहरुलाई हटाउने? ल हासी दिनुहोस् त मन्त्री ज्यूहरू।’

अर्थमन्त्री डा. युवराज खतिवडा, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापासहित सहभागी कार्यक्रममा प्रधानमन्त्री ओलीले आलोचना र हमलाबाट नडराउन पनि आग्रह गरेका छन्।

अर्थमन्त्री डा. खतिवडाप्रति देखाउँदै भने, अर्थमन्त्रीविरुद्ध मात्र हमला भएको छैन, सबैतिर हमला भएको छ, त्यसैले चिन्ता गर्नु पर्दैन, सबैभन्दा धेरै त म माथि भएको छ। उनले अध्यक्ष भएर पार्टीलाई बलियो बनाएदेखि नै आफूप्रति हमला भइरहेको बताए।

‘दुई वर्षभित्र काठमाडौं चिल्ला सडक हुनेछन्’

प्रधानमन्त्री ओली दुई वर्षभित्र काठमाडौंको सडक चिल्ला हुने दाबी गरे। खाल्डा खुल्डी नै भएर भनेर हल्ला मच्चाउनेहरूको मुख दुईवर्षभित्र बन्द हुने प्रधानमन्त्री ओलीले दाबी गरे।

‘एक महिनामित्र मेलम्चीको पानी छोड्दैछौ, मेलम्चीका कारण कहाँ–कहाँ सडकमा पानी आउँछ, त्यो बनाउन ३/४ महिना लाग्छ,’उनले भने,‘ ६ महिना राम्रा बाटा हुनेछन्,दुई वर्षभित्र त काठमाडौं चिल्ला सडक हुनेछन्।’ उनले सरकार अन्यौलमा नरहेको बताए।

प्रधानमन्त्री ओलीले अब आठ दिनपछि कोशी र गडण्कीमा स्टिमर चलाउनेसम्बन्ध अध्ययन सुरु हुने जानकारी दिए। उनले स्थानीय तहले कर सम्बन्ध खासै बोलेनन्। उनले एक वर्ष अघि नै जारी भएको मुलुकी संहिता अपराध ऐनमा भइरहेको विरोधको कडा अलोचना गरेका छन्।

सहिंता पोहोर साल बन्यो, लालमोहर लाग्यो, कार्यान्वयन मात्रै एक वर्षपछि गर्ने भनियो, अहिलेसम्म कोही बोलेन, अहिले आएर एकै सडकमा पाखुरा सुर्किन्छ, प्रधानमन्त्री ओलीले भने, केही सुधार्न गर्नु छ भने हामी भनेहुन्छ नी हामी जायज कुरा संबोधन गर्न तयार छौं, तर जिउ पिच्छे भनेको चाँहि हुदैन। ’

प्रधानमन्त्री ओली संहिता बनाउनेहरु नै उफ्रिरहेको प्रति कडा रुपमा प्रस्तुत भए। उनले कृषिमा आधुनिकिरण गरी मुलुकलाई अर्गानिक बनाउने घोषणा गरे।

२३ भाद्र २०७५, शनिबार ०७:३९

सम्बन्धित

सबै
तपाइको मत