बाइक नयाँ बनाउने तरिका

संबाददाता

नेपालएक्स्क्लुसिव डटकम :
आफ्नो मोटरसाइकलको हिफाजत गर्नु छ भने यसलाई कसरी सुरक्षित राख्न सकिन्छ जान्नुपर्छ । नियमित सर्भिसिङ र हिफाजतले बाइकलाई नयाँजस्तै राख्न सकिन्छ । बाइकलाई सुरुमा सफा पानीले धुनुहोस् । पर्याप्त पानी हालेर यसमा स्याम्पू लगाएर धनुपर्छ । कार धुनका लागि बजारमा पाइने कार स्याम्पू नै प्रयोग गर्नु उपयुक्त हुन्छ । स्याम्पूले धुलो हटाउनुका साथै धेरै मिहिनेत पनि गर्नुपर्दैन । यसले मोटरसाइकलको पेन्ट पनि बिग्रिदैन । फमको टुक्राले मस्काएर धुनुपर्छ । विद्युतीय पार्ट्समा सफाई गर्दा भने धेरै पानीको प्रयोग गर्नुहँुदैन ।

एकपटक धुलाई भएपछि गाडीका कुनाकाप्चामा पानी लुकेको हुनसक्छ । त्यसलाई पनि पूर्णरूपमा सफा गर्नुपर्छ । नरम र सुक्खा कपडाले बाइकलाई पुछ्नुपर्छ । बाइकलाई पूर्णरूपमा सुकाउनुपर्छ । आवश्यक परे ब्लो ड्राईको पनि आवश्यकता पर्नसक्छ । ब्याट्री टर्मिनल्स, प्लग एरिया आदि स्थानमा पानी पसेको हुन्छ, त्यहाँ राम्रोसँग सुकाउनुपर्छ । यस्तो नगर्दा बोल्टमा खिया लाग्नसक्छ । एकपटक बाइक पुछेर सफा गरेपछि पोलिस गर्नुपर्छ । पोलिसिङपछि फोकस गर्नुपर्छ । यसका लागि वाक्स पोलिस वा रेगुलर पोलिस गर्नुपर्छ । पोलिसिङ गर्दा फमको टुक्रा पनि प्रयोग गर्नुपर्छ । यसलाई गोलाकार वृत्तमा घुमाएर सफा गर्नुपर्छ । पूरा बाइकमा पोलिस गरेपछि १५ मिनेट यत्तिकै छोड्नुपर्छ ।

अन्तिम र चौथो स्टेपमा पोलिसलाई सुक्खा र कोमल कपडाले पुछ्नुपर्छ । थोरै मेहनत त लाग्छ तर एकपटक सफल भएपछि सोरुमबाट भर्खर किनेर ल्याएजस्तै देखिन्छ । यस्तोमा बाइक चलाउनुको मज्जा नै फरक हुन्छ । – एजेन्सी

महिन्द्रा ‘म्याकसिमो एच डी’ सिरिजको बिक्री सुरु

काठमाडौं : महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडको नेपालका लागि आधिकारिक बिक्रेता दुगड ब्रदर्स एन्ड सन्सले नयाँ स्टाइलिस ‘म्याकसिमो एच डी’ सिरिजका गाडीको बिक्री प्रारम्भ गरेको छ । अघिल्लो भागमा आठ र पछिल्लोमा सातवटा स्प्रिङ पत्ता भएको यो गाडीलाई ‘बढाऔं आफ्नो प्रोफिटको साइज’ भन्ने नाराका साथ ‘प्रोफिट ट्रक’को रूपमा ल्याएको हो ।

उक्त समारोहमा, दुगड् ब्रदर्स एन्ड सन्सका उपाध्यक्ष विवेक दुगड्ले महिन्द्रासँग २६ वर्षदेखिको विश्वासिलो सम्बन्धबारे प्रकाश पार्दै महिन्द्राबाट सन्तुष्ट ग्राहकहरू नै आफ्नो बलियो पक्ष भएको उल्लेख गरे ।

नयाँ स्टाइलिस लुक र विशेषतासहित म्याकसिमो एच डी सिरिजका गाडीले ग्राहकलाई ढुक्क पार्ने बताए ।

महाराष्ट्रस्थित अन्तर्राष्ट्रियस्तरको प्लान्टमा बनेका यी गाडी दुई वर्ष वा ७५ हजार किमि वारेन्टीसहित नेपालमा उपलब्ध रहेको उनले जानकारी दिए ।

सिरिज लन्च कार्यक्रम महिन्द्रा एन्ड महिन्द्रा लिमिटेड नेपालका कन्ट्री हेड चैतन्य एमभी दुगडको उपाध्यक्ष विवेक दुगडद्वारा सार्वजनिक गरिएको थियो ।

यी गाडीमा सुधारिएका विशेषता

अगाडी आठ र पछिल्लो भागमा सातवटा स्प्रिङ पत्ता, ८५० केजीसम्म बोक्न सक्ने क्षमता, २६ एचपीको इन्जिन पावर र धेरै माइलेजसहित ल्याइएको छ ।

२३ भाद्र २०७५, शनिबार ०७:२५

सम्बन्धित

सबै
तपाइको मत