प्याराग्लाइडिङको विश्व च्याम्पियनसिप पोखरामा

संबाददाता

नेपालएक्स्क्लुसिव डटकम :
प्याराग्लाइडिङको एकुरेसी विश्व च्याम्पियनसिप नोभेम्वरमा पोखरामा हुने भएको छ। नोभेम्वर १ देखि ५ तारिखसम्म पोखरा र स्याङ्जामा च्याम्पियनसिप हुने राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशव कुमार विष्टले जानकारी दिए।

एकुरेसी विश्व कपका लागि अन्तर्राष्ट्रिय संस्था एफएआईले अनुमति दिइसकेको छ। नेपाल सरकारबाट पनि अनुमति लिएर प्याराग्लाइडिङको एकुरेसी विश्व च्याम्पियनसिप हुन लागेको हो। च्याम्पियनसिपमा ३० देशका एक सय ५० खेलाडीको सहभागिता रहने आयोजक नेपाल प्याराग्लाइडिङ संघका महासचिव शैलेन्द्र रावतले जानकारी दिए।

च्याम्पियनसिपको स्थानीय सहयोगीका रुपमा पोखरा महानगरपालिका र स्याङ्जाको जिल्ला समन्वय समिति रहने छन्। च्याम्पियनसिपमा सहभागी हुन प्रोफेसनल लाइसेन्स भएको प्यारापाइलट हुनु पर्ने नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष योगेश भट्टराईले बताए। यस अघि सन् २०१५ र २०१६ मा नेपाल हवाई खेलकुद संघ पोखराको आयोजनामा प्याराग्लाइडिङको प्रि वल्र्डकप आयोजना भएको थियो।

च्याम्पियनसिप सम्पन्न गर्न एक करोड लाग्ने अनुमान गरिएको छ। सहभागी खेलाडीलाई बस्ने, खाने र यातायात सेवा पनि आयोजकले उपलब्ध गराउनु पर्ने नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष भट्टराईले बताए।

२३ भाद्र २०७५, शनिबार ०७:२२

सम्बन्धित

सबै
तपाइको मत