अष्ट्रेलियामा गाईजात्रा कार्यक्रम हुने

संबाददाता

नेपालएक्स्क्लुसिव डटकम :
प्रवासमा रहेर पनि आफ्नो भाषा, कला, धर्म, सँस्कार र सँस्कृतिलाई संरक्षण र प्रवर्द्धन गर्दै भाबि पुस्तालाई यसको महत्व प्रत्याभूति गराउने अभिप्रायले गोरखा समाज अष्ट्रेलियाले यस पटक अष्ट्रेलियामै पहिलो पटक ऐतिहासिक र परम्परागत गाईजात्रा कार्यक्रम गर्ने भएको छ ।

गाइजात्रामा नेपालका चर्चित हाँस्य कलाकारहरु तथा टेली चलचित्र मेरी बास्सैका निर्देशकद्धय राजु मास्टर (राजु पौडेल) र बल्छी ध्रुबे (मरिचमान श्रेष्ठ) को प्रस्तुति हुने भएको छ । त्यस्तै अन्य स्थानीय कलाकारहरूको विभिन्न प्रस्तुती र चर्चित लाखे नाचको विेशेष प्रस्तुति हुने सचिव शिव बन्जराले जानकारी दिए ।

सो अवसरमाहिन्दु समाज अष्ट्रेलियाको संयोजनमा रक्षा बन्धन र गुठी अष्ट्रेलियाको बिशेष लाखे नाच प्रस्तुत हुने उनले बताए ।

२३ भाद्र २०७५, शनिबार ०७:१५

सम्बन्धित

सबै
तपाइको मत