कोरिया जाने कामदारको हवाई भाडा घट्यो, ४५ हजार तिरे पुग्ने

संबाददाता

नेपालएक्स्क्लुसिव डटकम :
दक्षिण कोरियामा रोजगारीका लागि जाने कामदारको हवाई भाडा घटेको छ । वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले सोमबार एक विज्ञप्ती निकाल्दै कोरियामा रोजगारीका लागि जाने कामदारको भाडा २३ प्रतिशतले घटेको जानकारी दिएको हो ।

ईपीएस प्रणालीमार्फत् कोरिया जाने कामदारले हाल हवाई भाडाका लागि ५३० अमेरिकी डलर अर्थात् ५८ हजार २७२ रुपैयाँ तिर्दै आएका छन् । अबबाट घटेको भाडा अनुसार ४११ डलर अर्थात् ४५ हजार २९२ रुपैयाँ मात्रै तिरे पुग्ने भएको छ ।

सन् २००८ मा ईपीएस प्रणाली स्वीकृत भएपछि नेपाली कामदारले ५४१ डलर सम्बन्धित ट्राभल एजेन्सीलाई तिर्दै आएका थिए । त्यसपछि २०७३ पुसदेखि ५२९.७५ डलर तिरिरहेका थिए । तर आइतवारबाट हवाई भाडा निर्धारणको बोलपत्र स्वीकृत भएपछि कोरिया जाने कामदारको हवाई भाडा घटेको हो ।

ईपीएस प्रणालीबाट कोरिया जाने कामदारको हवाई भाडा ११८ डलर (१२९८० रुपैयाँ) साउन २० गतेबाटै घटेको हो । हवाई भाडा घटेपछि कोरिया जाने कामदारले हवाई भाडाका लागि तिर्दै आएकोमध्ये वार्षिक १० करोड रुपैयाँ बचत हुने भएको छ ।

२३ भाद्र २०७५, शनिबार ०७:१३

सम्बन्धित

सबै
तपाइको मत