पुडासैनीको सहरबिनाको सहर

संबाददाता

नेपालएक्स्क्लुसिव डटकम :
वरिष्ठ समालोचक डा. राजेन्द्र विमलले पुडासैनीको सहरबिनाको सहर नेपाली भाषामा रचिएको तराई–मधेस केन्द्रित पहिलो कविताकृति भएको बताए ।

यो पुस्तकले तराई–मधेसका समस्या, संस्कार, भूगोल र सम्भावना उजागर गरेको उनको भनाइ छ । कृतिले हिमाल, पहाड र तराईका जनताबीचको भावनात्मक सम्बन्ध अझ प्रगाढ बनाउने पनि उनले बताए ।

कवि पुडासैनीले मधेसमा हिमाल उठाउन खोज्नेहरू र हिमालमा मधेस ब्युँझाउन खोज्नेहरू आँखाका नानी भएको बताए । आफूले हिमालको पानीमा मधेसको जवानी मिसाउन खोजेको उनको भनाइ छ।

पुडासैनीको कवितासंग्रह साझा प्रकाशनले बजारमा ल्याएको हो । उनको यो चौधौँ कृति हो । यसअघि उनका सात कवितासंग्रह, पाँच नियात्रासंग्रह र एक दर्शनसम्बन्धी पुस्तक प्रकाशित छन् ।

२३ भाद्र २०७५, शनिबार ०७:०६

सम्बन्धित

सबै
तपाइको मत