दरले बनायो यस्तो हालत

संबाददाता

नेपालएक्स्क्लुसिव डटकम :
काभ्रेको पाचँखाल नगरपालिका–१२ कासकोटमा तीज कार्यक्रममा सहभागी भई दर खाएका ७० भन्दा बढी महिला र बालबालिका बिरामी परेका छन्। शुक्रबार ग्रामीण स्वाबलम्बन बहुउद्देश्यीय सहकारी संस्थाको आयोजनामा तीज विशेष कार्यक्रममा दर खाएका महिला र बालबालिका ‘फुड प्वाइजन’का कारण बिरामी परेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ।

बिरामीहरुको पाँचखाल मेडिकल, धुलिखेल अस्पताल, बनेपास्थित शिरमेमोरियल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका एसपी रविराज खड्काले जानकारी दिएका छन्। केही बिरामी उपचारपछि घर फर्किएको र अन्यको उपचार भएरहेकाे प्रहरीले जनाएको छ। अन्य बिरामीहरुलाई पनि प्रहरीको सहयोगमा उपचारका लागि अस्पताल ल्याउने काम भइरहेको एसपी खड्काले बताए । तीज कार्यक्रममा करीब दुई सय भन्दा बढीले खाना खाएको बताइएको छ ।

दर खाएका कारण बिरामी परेका महिला, बालकालिकाको पाँचखाल मेडिकलमा उपचार गरिँदै ।

२३ भाद्र २०७५, शनिबार ०६:०१

सम्बन्धित

सबै
तपाइको मत