एक्सरसाइज गर्दा खाना र पानी

संबाददाता

नेपालएक्स्क्लुसिव डटकम :
जुम्बा संसारमा सबैभन्दा छिटो चर्चित भएको एक्सरसाइजको फर्म हो । यो नृत्यमा आधारित रहेर एक्सरसाइज गर्ने तरिका हो । यो एक्सरसाइज गर्न सजिलो भएकाले लोकप्रिय भएको छ । अहिलेको पुस्तामा यो एक्सरसाइज दिनप्रतिदिन लोकप्रिय बन्दै गइरहेको छ । जुम्बा गरेर शरीरको तौल घटाउन पनि सक्छौँ । तर, जुम्बा मात्र गरेर हुँदैन, त्यसका लागि डाइट पनि कन्ट्रोल गर्न जरुरी छ ।

पानी
तपाईं राम्रो हाइड्रेटेड हुनुहुन्छ भने कार्डियो कसरत गर्दा थप प्रभावकारी हुन्छ । जुम्बा गर्दा पसिना बग्ने भएकाले पानी एकदम बढी पिउन जरुरी छ । जुम्बा गर्दैगर्दा भने पानी धेरै पिउनुहुँदैन । एकपटकमा २५० एमएलदेखि ३ सय एमएलसम्म पानी पिउनुहोस् । दिनमा कम्तीमा पनि पाँच लिटर पानी स्वास्थ्यका लागि राम्रो मानिन्छ ।

खाना
स्वस्थ रहन स्वस्थ खानाको अत्यन्तै महत्वपूर्ण भूमिका रहन्छ । समयमा र स्वस्थ खाना एक्सरसाइजभन्दा महत्वपूर्ण हुन्छ । खानाको मात्रा यति नै लिनुपर्छ भन्ने छैन । एक्सरसाइज गर्ने व्यक्तिको शारीरिक बनावट र केका लागि गर्ने भन्ने कुराले निर्धारण गर्छ । आवश्यकताभन्दा बढी र कम भने हुन भएन । एक्सरसाइज गर्दा सप्लिमेन्ट्री डाइट नखाई नेचुरल डाइट मात्र खाँदा पनि हुन्छ । तर, यसले ढिलो प्रतिफल दिन्छ ।

कार्बोहाइड्रेटयुक्त खाना, कम मात्रामा प्रोटिन र स्वस्थ बोसो समावेश गर्नुपर्छ । ओटमिल, लो फ्याट मिल्क, फलफूल, अन्डाको सेतो भाग, चना, ग्रिक दहीको मात्रा मिलाएर खान जरुरी छ । एक्सरसाइज र डाइटको ब्यालेन्स मिलेमा तीन महिनामा फरक अनुभव गर्न सकिन्छ ।

२३ भाद्र २०७५, शनिबार ०५:३०

सम्बन्धित

सबै
तपाइको मत