एक खेल अगावै इंग्ल्यान्डले जित्यो टेष्ट सिरिज

संबाददाता

इंग्ल्यान्डले भारतविरुद्धको पाँच खेलको टेष्ट क्रिकेट सिरिज एक खेल अगावै आफ्नो पक्षमा पारेको छ । घरेलु टोली इंग्ल्यान्डले चौथो टेष्टमा भारतलाई ६० रनले पराजित गर्दै सिरिज एक खेल अगावै ३–१ ले आफ्नो पक्षमा पारेको हो ।

साउथह्याम्पटनमा इंग्ल्यान्डले दिएको २ सय ४५ रनको लक्ष्य पछ्याएको भारतले अन्तिम दिन १ सय ८४ रनमात्र बनाउन सक्यो । कप्तान विराट कोहलीले ५८ रन तथा अजिन्क्या रहानेले ५१ रन बनाएपनि टिमको हार टार्न सकेन । रविचन्दन आश्विनले २५ रन जोडे । रिसव पन्तले १८ तथा शिखर धवनले १७ रन जोडे । भारतका तीन ब्याट्सम्यानले रनको खाता खोल्न सकेन । इंग्ल्यान्डका मोइन अलीले ४ विकेट लिए । बेन स्टोक र जेम्स एन्डरसनले समान २ विकेट लिए ।

यसअघि पहिलो इनिङसमा भारतलाई २ सय ७३ रनमा अलआउट गर्दै आफ्नो दोस्रो इनिङस सुरु गरेको इंग्ल्यान्ड २ सय ७१ रनमा अलआउट भएको थियो । पाँचौ तथा अन्तिम टेष्ट शनिबारबाट सुरु हुनेछ ।

२२ भाद्र २०७५, शुक्रबार ०३:३४

सम्बन्धित

सबै
तपाइको मत