एलिस्टर कुकद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा

संबाददाता

इङ्गल्याण्डका ब्याट्सम्यान एलिस्टर कुकले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । आठ वर्षयता राम्रो खेल प्रदर्शन गर्न नसकिरहेका कुकले सोमबार सन्यासको घोषणा गरेका हुन् ।

३३ वर्षीय कुक टेस्ट क्रिकेटमा सबैभन्दा धेरै रन बनाउने खेलाडीहरुको सूचीमा छैठौं नम्बरमा छन् । १०६ टेस्ट खेलेका उनले १२ हजार २५४ रन बनाएका छन् । उनको सर्वाधिक रन भने २९४ हो ।

कुकले मार्च २००६ मा नागपुरमा भारतविरुद्धको टेस्ट क्रिकेटमा डेब्यू गरेका थिए । उनले आफ्नो पहिलो टेस्टमै शतक प्रहार गरेका थिए ।

यद्यपि कुकले सन् २०१८ मा केबल एकपटक अर्धशतक प्रहार गरेका छन् । सन् २०१० पछि यो उनको सबैभन्दा खराब प्रदर्शन हो ।

पछिल्ला ४ टेस्टमा उनले एकपटक पनि ३० भन्दा बढी रन जोड्न सकेनन् । त्यसपछि उनको आलोचना हुँदै आएको थियो । इङ्गल्याण्डकै पूर्व क्रिकेटर माइक गेटिङले भनेका थिए, ‘कुकको विफलतालाई झेलिरहनुभन्दा कुनै अर्को युवा क्रिकेटरलाई मौका दिनुपर्छ ।’

२२ भाद्र २०७५, शुक्रबार ०३:५०

सम्बन्धित

सबै
तपाइको मत